आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य स्थिर कायम भएको र चाँदीको बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

गत साताको शुक्रबारको तुलनामा भने हिजो सुनको मूल्य घटेर कारोबारमा आएको थियो । गत साताको शुक्रबार सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० कायम थियो । जुन, आइतबार कारोबार खुल्दा ५०० रुपैयाँले घटेर कारोबारमा आएको थियो ।

यसबाहेक, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम छ । हिजो आइतबार तोलामा १३ सय ९० रुपैयाँ थियो ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?