काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नगद लाभांश खातामा सम्बन्धित सेयरधनीको खातामा पठाउन सुरु गरेको छ । कनेक्टमार्फत सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ६.३७ प्रतिशत नगद लाभांश जम्मा गरेको हो ।
कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई अपडेट गर्न आग्रह गरेको छ । सो पश्चात मात्र खातामा नगद लाभांश जम्मा हुनेछ ।