बुटवल पावर कम्पनीको खुद नाफा २२ प्रतिशतले घट्यो

काठमाडौं । बुटवल पावर कम्पनीको खुद नाफा घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको यसै अवधिमा कमाएको २२ करोड ८७ लाख १८ हजार रुपैयाँको तुलनामा २२.०४% ले घटेको हो । विद्युत बिक्रीबाट हुने आम्दानी ४.०८% ले घटेर ४१ करोड ३९ लाख ३७ हजार रुपैयाँमा आएको छ ।

यता, अन्य आम्दानी पनि ४.०१% ले घटेर ५ करोड ७७ लाख रुपैयाँ कायम भएको छ भने वित्तीय आम्दानी पनि ५२.७४% ले घटेर २ करोड ७० लाख रुपैयाँमा सीमित भएपछि खुद नाफा प्रभावित बनेको हो । हाल सेयर पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ६३ करोड ८५ लाख ३५ हजार रुपैयाँ रहेको छ । 

दोस्रो त्रैमाससम्मको प्रतिसेयर आम्दानी ५.२३ रुपैयाँ छ । गत वर्षको यसै अवधिमा भने ६.७१ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २०६.७३ रुपैयाँ छ । यता, सम्पतिमा प्रतिफल (आरओए) २.२३% रहेको छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

आशा लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो