ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने भएको छ ।

बैंकले आज एक सुचना जारी गर्दै शाखारहित बैकिङ्ग सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशन भइरहेकोले शाखारहित बैंकिङ्गबाट प्रवाह हुने सेवाहरू बन्द हुने बैंकले जनाएको हो ।

बैंकले उक्त सुचनामार्फत सिस्टम अपग्रेड तथा डाटा माईग्रेशनका कार्य सम्पन्न नभएसम्म अवरुद्ध हुन सक्ने जानकारी दिएको छ । साथै बैंकले यसबाट आफ्ना ग्राहक वर्गमा परेको असुविधाका लागि क्षमा पनि मागेको छ ।

Related posts

दशैंको टीका,जमरा र आशीर्वाद लिनेक्रम आजपनि जारी

‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…