आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ४४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०४ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसा बढेको हो।

यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज युरो एकको खरिदमा आज १४२ रूपैयाँ ७४ पैसा र बिक्रीमा १४३ रूपैयाँ ३९ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २० पैसा बढेको हो। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ११ पैसा र बिक्रीदर १६७ रूपैयाँ ८७ पैसा तोकिएको छ।

शुक्रबार पाउण्ड एकको खरिददर १६६ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६५ पैसा कायम गरिएको थियो। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ २९ पैसा र बिक्रीमा ८६ रूपैयाँ ६८ पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ९७ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रूपैयाँ ८२ पैसा र बिक्रीमा २७ रुपैयाँ ९५ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३१ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २३ पैसा तोकिएको छ।

Related posts

विश्व बैंकले नेपालको विपद् व्यवस्थापनमा १५० मिलियन डलर सहुलियतपूर्ण ऋण दिने

अहिलेसम्म रुसी सेनामा कार्यरत ४३ नेपालीको मृत्यु (सूचीसहित)

मेक्सिको सेनाले गोली चलाएको घटनामा नेपाली मारिएका छैनन्ः दूतावास