हिमालयन रिइन्सुरेन्सले बोनस सेयर वितरण गर्ने

काठमाडौं । हिमालयन रिइन्सुरेन्सले ४ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको माघ २५ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

यस्तै २ करोड १० लाख ५२ हजार रुपैयाँको नगद लाभांश वितरण गरिनेछ । यो लाभांश नियामक बिमा प्राधिकरण र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।  

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने