सिटिजन्स बैंकद्वारा आमा ‘घर’का बालबालिकालाई न्यानो कपडा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोदावारीको ‘आमा घर’लाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । ‘आमा घर’ आफ्नो घरपरिवार गुमाएर जोखिममा परेकम बालबालिकालाई हेरचाह गर्दै आएको संस्था हो ।

अभावमा रहेका बालबालिकालाई घर, उत्कृष्ट शिक्षा, स्वास्थ्यर हेरचाह प्रदान गर्न समर्पित आमा घरमा हाल ४६ जना बालबालिका आश्रित छन् ।

सिटिजन्स बैंकले १९० वटा शाखा, १५२ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईमार्फत् सेवा दिँदै आएको छ ।

Related posts

राष्ट्र बैंकद्वारा ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ जारी, के हो यो ?

नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्ब ६६ करोडको कारोबार

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा