बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

??????????????????????????????????????????????????????????

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?