विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन देशको पैसा कति बलियो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय १०० रूपैयाँको खरिद दर १ सय ६० रूपैयाँ तथा बिक्रीकर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ६० पैसा र बिक्री दर १३३ रूपैयाँ २० पैसामा कारोबार हुँदा युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ३३ पैसा र बिक्री दर १४२ रूपैयाँ ९८ पैसा कायम भएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३९ पैसा र बिक्री दर १६७ रूपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रूपैयाँ १० पैसा तथा बिक्री दर ८६ रूपैयाँ ४९ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९७ रूपैयाँ ९९ पैसा तथा बिक्री दर ९८।४३ पैसा कायम भएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३७ पैसा र बिक्री दर ३६ रूपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने