नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२ प्रतिशत बढ्यो

[ File # csp5433793, License # 2048817 ] Licensed through http://www.canstockphoto.com in accordance with the End User License Agreement (http://www.canstockphoto.com/legal.php) (c) Can Stock Photo Inc. / Alexmit

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार खुद नाफा १२.८ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउनेदेखि पुस मसान्तसम्म)मा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३७ करोड ८८ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियमसँगै कर्जा र लगानीवापतको आम्दानी बढ्दा नाफामा टेवा पुगेको देखिन्छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ अर्ब ७१ करोड रुपैयाँ खुद प्रिमियम आम्दानी गरेको छ, गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १८ अर्ब ४० करोड थियो । त्यस्तै कर्जा तथा लगानीवापतको आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ६ अर्ब ५४ करोड रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ७ अर्ब ४८ करोड छ ।

दोस्रो त्रैमासमा कम्पनीको कुल बीमा शुल्क आम्दानी २० अर्ब रुपैयाँ छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सुधार भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४२ पैसा छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो आम्दानी ९ रुपैयाँ २३ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ छ । औसत प्रतिफलदर १० प्रतिशत छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने