छिमेक लघुवित्तको नाफा २१ प्रतिशत घट्यो

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा २१.५ प्रतिशत घटेको छ ।

गत वर्षको दोस्रो त्रैमासमा कुल ५५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्षको दोस्रो त्रैमासमा ४३ करोड ६२ लाख रुपैयाँ कमाएको छ । कम्पनीको खुद ब्याज आम्दानी घट्नु र निष्क्रिय कर्जासँगै लोनलस प्रोभिजन बढ्दा नाफामा असर परेको देखिन्छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने