६ महिनामा चार प्रतिशतले मात्रै बढ्यो कर्जा 

काठमाडौं । राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन अनुसार छ महिनामा बैंकहरूबाट निजी क्षेत्रतर्फ गएको कर्जाको वृद्धि दर ४ प्रतिशतले मात्रै बढेको छ।

चालु आर्थिक वर्ष २०८०र८१ को छ महिनामा निजी क्षेत्रतर्फ गएको कर्जा ५१ खर्ब १७ अर्ब रूपैयाँ छ। यसमध्ये साँवा ४९ खर्ब ८९ अर्ब र ब्याज रकम बराबर एक खर्ब २७ अर्ब रूपैयाँ छ।

निजी क्षेत्रतर्फ गएको कर्जामध्ये साँवा रकममा ४ प्रतिशतले वृद्धि भएको हो। गत असारमा यस्तो साँवा रकम ४७ खर्ब ९७ अर्ब रूपैयाँ थियो।

ब्याज रकम भने करिब २८ प्रतिशतले बढेर ९९ अर्बबाट बढेर एक खर्ब २७ अर्ब पुगेको हो।

आर्थिक गतिविधिमा शिथिलता आउँदा बैंकहरूले ब्याज उठाउन सकिरहेका छैनन् भने खराब कर्जामा पनि वृद्धि भएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जा ११।५ प्रतिशतसम्मले बढ्ने प्रक्षेपण गरेको थियो।

तर अहिले बैंकहरूमा पर्याप्त लगानी रहे पनि केही बैंकलाई रहेको पुँजी कोष दबाब र कर्जा मागमा कमीले कर्जा विस्तारमा सुस्ति आएको छ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत