हिमालयन हाईड्रोपावर ८६ लाख घाटामा

काठमाडौं । हिमालयन हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ८६ लाख २४ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमासम्म भने कम्पनीले ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीको आम्दानी भने ४.३१ प्रतिशतले बढ्दै ७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको आम्दानी ७ करोड ६ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रशासनिक खर्चमा कमी आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५९ लाख ४८ हजार रुपैयाँ रहेको कम्पनीको प्रशासनिक खर्च घटेर ५७ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको सञ्चालन मुनाफा ८ प्रतिशतले बढ्दै ३८ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको सञ्चित आम्दानी २९ करोड ११ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)०.७९ रुपैयाँ ऋणात्मक,मूल्य आम्दानी अनुपात ४३१.६७ गुणा ऋणात्मक,प्रतिसेयर नेटवर्थ ७३.४१,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१९.९५ रुपैयाँ र तरलता अनुपात ०.९२ गुणा कायम भएको छ ।

Related posts

आशा लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो