स्वाबलम्बन लघुवित्तको नाफामा उच्च गिरावट

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ८२ प्रतिशतले घटेको हो । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो नाफा २४ करोड १ लाख रुपैयाँ थियो ।

कुल कर्जामा निष्क्रिय कर्जा अंक ११.३५ प्रतिशत पुगेको छ । गत वर्ष यस अवधिमा यस्तो कर्जा ७.१ प्रतिशत थियो । समयमै कर्जा रकम उठाउन नसक्दा अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको निष्क्रिय कर्जा बढेको छ । स्वाबलम्बनको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) पनि उच्च दरले बढेको छ ।

गत वर्षको दोस्रो त्रैमासमा ९ करोड रुपैयाँ प्रोभिजन गरेकोमा चालु वर्षको दोस्रो त्रैमासमा २९ करोड २५ लाख रुपैयाँ प्रोभिजन गरेको छ । जसले गर्दा पनि नाफामा उच्च गिरावट देखिएको हो । कम्पनीको खुद ब्याज आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ७१ करोड रहेकोमा अहिले ६६ करोड ६६ लाख रहेको छ ।

कम्पनीको वितरणयोग्य नाफा ७ करोड ६१ लाख रुपैयाँ छ । त्यस्तै वार्षिक प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७३ पैसामा झरेको छ । गत वर्ष यस्तो आम्दानी ४२ रुपैयाँ ८१ पैसा थियो ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो