सुन घट्ने क्रम जारी, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्यमा गिरावट आएको छ ।

मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । यसअघि आइतबार र सोमबार पनि सुन तोलामा क्रमशस् ६ सय र ४ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदी पनि प्रतितोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?