सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्से सामान्य अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ९ दशमलव ४४ अंकले बढेर २०८५ दशमलव ७१ को विन्दुमा पुगेको छ ।

आज ३१५ कम्पनीका ६६ हजार ५ सय ५९ पटकको कारोबारमा ७ करोड ६२ लाख ४ हजार ३ सय ७६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ५ सय ७ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ४५ अंकले घटेर ३७७ दशमलव ८३ विन्दुमा पुगेको छ ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह