विदेश पढ्न जाने विद्यार्थीले ६ महिनामा लगे झन्डै ५९ अर्ब

काठमाडौं । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि भएसँगै नेपाली मुद्रा पनि बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान वित्तीय तथा आर्थिक स्थिति’ अनुसार पढ्नका लागि बाहिरिनेको संख्यामा वृद्धि भएको हो । जसबाट ६ महिनाको अवधिमा झन्डै ५९ अर्ब समेत बाहिरिएको छ ।

चालू आवको ६ महिनामा विदेशमा पढ्न जाने विद्यार्थीले ५८ अर्ब ९५ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ३५ अर्ब ३६ करोड रूपैयाँ बाहिरिएको थियो।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल