नेसनल लाइफ इन्स्योरेन्सको नाफा १६ प्रतिशत बढ्यो

[ File # csp5433793, License # 2048817 ] Licensed through http://www.canstockphoto.com in accordance with the End User License Agreement (http://www.canstockphoto.com/legal.php) (c) Can Stock Photo Inc. / Alexmit

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सको खुद नाफा १६.९ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २५ करोड ५१ लाख रुपैयाँ छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो नाफा २१ करोड ८२ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी बढ्नु, लगानी तथा ब्याजवापतको आम्दानी बढ्नुले खुद नाफा बढेको देखिन्छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद प्रिमियम आम्दानी ७ अर्ब ५३ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

लगानी तथा ब्याज वापतको आम्दानी पहिले २ अर्ब ३५ करोड रहेकोमा अहिले २ अर्ब ६९ करोड पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १८ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने