कामना सेवा विकास बैंकद्वारा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डुम्रे, तनहुँ मार्फत सालबिस्नेस्थित श्री सत्यवती देवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

बैंकका शाखा कार्यालय डुम्रेका शाखा प्रमुख बलराम लम्सालले विद्यालयका प्रधानाध्यापक ईश्वर बहादुर देवकोटाको उपस्थितिमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा विद्यालयका विद्यार्र्थीहरु, शिक्षकहरु तथा स्थानीय साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल