सिद्धार्थ बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।

बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४० हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनीको सचिवालयमा आफुले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने