सञ्चालन खर्च बढ्दा चिलिमे हाइड्रोपावरको नाफा घट्यो

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा साढे ५ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म कम्पनीले ३७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिमा ४० करोड १२ लाख रुपैयाँ कमाएको थियो । यो नाफा १ प्रतिशत सामाजिक उत्तरदायित्व छुट्याउनुअघिको हो । कम्पनीको नाफा घट्नुमा विद्युत् बिक्रीवापत हुने आम्दानी सामान्य घट्नु र हाइड्रोइलेक्ट्रिक प्लान्ट सञ्चालन खर्च बढ्नु मुख्य कारण देखिन्छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विदुत् बिक्रीवापत ६१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ, गत वर्षको यसै अवधिमा यस्तो आम्दानी ६२ करोड ४८ लाख रुपैयाँ थियो ।

त्यस्तै प्लान्ट सञ्चालन खर्च गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ४४ लाख रुपैयाँ रहेकोमा यो वर्षको सोही अवधिमा बढेर ६ करोड ४० लाख रुपैयाँ पुगेको देखिन्छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४० पैसा छ, कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने