युनाइटेड इदी मर्दीद्वारा लाभांश घोषणा

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०८० को नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको आगामी साधारण सभाले सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिने छ ।

कम्पनीले लाभांश पारित गर्न फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्नेछ । फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न छन् ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो