लगातार घट्दै नेप्से, कारोबार रकम पनि घट्यो

3d red arrow down in business graph on white

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ५.३१ अंकले घटेको छ। गत बुधबारदेखि घट्ने क्रममा रहेको नेप्सेले आइतबार पनि निरन्तरता पाएको हो।

यसदिन नेप्से ०.२५ प्रतिशतले घटेर २०६१.७० बिन्दुमा बन्द भएको छ। आइतबारको बजारमा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् बिहीबार ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रूपैयाँको सेयर कारोबार भएको थियो। बिहीबारको तुलनामा आज कारोबार रकम ९७ करोड रूपैयाँ कम हो।

यस दिन ३०७ वटा धितोपत्रको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच भएको हो। आइतबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन युनिक नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २०३ रूपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, मोलुङ हाइड्रोपावरको सेयरमूल्य ९.४६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४८६ रूपैयाँ पुगेको छ।

महिला लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.३७ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य एक हजार ६५५ रूपैयाँ कायम भएको छ। यस्तै, रावा इनर्जीको सेयर मूल्य ५.१७ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ५१२ रूपैयाँ कायम भएको छ।

आइतबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६८८ रूपैयाँ १० पैसामा ३३ करोड ५८ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.०१ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६९६ रूपैयाँमा १२ करोड ९८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ९ समूहको परिसूचक घटेको छ भने बाँकी ४ समूहको परिसूचक बढेको छ। यसदिन अन्य समूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशतले घटेको हो।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो