बाँसबारी जग्गा प्रकरण अरुण चौधरी पक्राउ परेका विषयमा के भएको हो ?

काठमाडौँ ।
१. सरकारी बाँसबारी जुत्ता कारखाना आर्थिक वर्ष २०४०र४१ देखी क्रमशः ‘घाटामा’ देखिएको।
२. लगातार घाटा पूर्तिगर्न २०४३ मा कारखानाको ८३ रोपनी जग्गामध्ये १० रोपनी जग्गा बिक्री गर्ने निर्णय ।
३. जग्गा किन्ने कम्पनी निस्कियो– ‘च्याम्पियन फुटवेयर’ । २०४३ मा कम्पनी रजिस्ट्रारमा दर्ता भएको कम्पनीका सेयर धनी सबै चौधरी परिवार।
४.सो बेलाको ८३ रोपनी जग्गाको सरकारले प्राप्त बजार मूल्यांकन रु ७ करोड ४ लाख ४२ हजार रुपैयाँ रहेको । यो अनुसार १० रोपनीको मूल्य ८०।४९ लाख।
५. तर सो जग्गा न ८०।४९ लाखमा बिक्री गरियो, न बिक्री नगदमा भयो।
६. सो १० रोपनी जग्गा बापत च्याम्पियनले जम्मा २५ लाख रुपैयाँको सेयर ९रु १,००० का दरले २५ सय कित्ता० बाँसबारी छालालाई दियो। त्यसरी दिने आधार के तरु
उत्पादनलाई विविधीकरण गर्ने र नयाँ जुत्ता उत्पादन गर्ने उद्देश्य अनुरुप च्याम्पियनसँग सहकार्य एवं च्याम्पियनको पूर्व सम्भाव्यता अध्ययन।
७.अर्थात्( घाटा पूर्ति गर्न बिक्री गर्ने भनिएको तर बाँसबारी छालाले ९क० नगद पाएन, ९ख० सस्तो मूल्यांकनमा घाटा खाएर जग्गा छोड्यो र ग० सो नयाँ कम्पनीको सेयर रु १,००० का दरले मूल्यांकन भयो प्रष्ट भएन। सम्भाव्यता अध्ययन प्रतिवेदन गायब भयो।
८. बिक्री पश्चात सो लगानीको प्रतिफल सम्बन्धमा कसैले फलोअप गरेन।
९. २०५० मा निजीकरणताका सो २५०० थान कित्ता सेयर अर्को व्यवस्था नभएसम्मका लागि श्री ५को सरकार अर्थ मन्त्रालय र श्रीमहालेखा नियन्त्रकको नाममा नामसारी गर्ने निर्णय भएको, तर थप कागजात नभेटिएको भनिएको।
१०. २०५२मा सेयर बिक्री गर्ने भनिएको तर लिक्वीडेटरलाई विक्री गर्न आदेश नदिईएको।
११. च्याम्पियन फुटवेयर २०५४ साल पुस ४ गते रजिस्ट्रारको कार्यालयमा निजी कम्पनी ९प्राइभेट लिमिटेड०मा परिणत भएको। परिणत हुँदा सबै सेयरधनी चौधरीग्रुप मात्र रहेको, बाँसबारी छाला तथा जुत्ता कारखाना सेयरधनीबाट हटेको। के कसरी भन्ने विवरण प्रष्ट नभएको। बीचको कागजात फेला नपरेको ।
१२. कम्पनी रजिस्ट्रारको अद्यावधिक पछिल्लो ९२०७४ चैत ९० को विवरण अनुसार च्याम्पियन फुटवेयर प्रालिका सेयर–सदस्यमा अरूणकुमार चौधरी र शीला चौधरीको मात्र रहेका।
१३ .२०७८ असार २८ मा यो कम्पनीको नाम परिवर्तन गरेर ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ राखिएको।
१४. हाल आएर त्यहि १० रोपनी सरकारी जग्गा अपचलनको आरोपमा अरुण चौधरी पक्राउ।
१५. सिआइबीका अनुसार च्याम्पियन फुटवेयर ली को जारी पुँजी ५० लाख रहेकोमा सो पुँजीको २५५ शेयर लिने गरी तत्कालीन सञ्चालक समितिले निर्णय गरेको, श्री ५ को सरकारको निर्णयबिना सञ्चालक समितिलाई समेत कारखानाको नाममा स्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएको।
सम्झौता बमोजिम १२ लाख पचास हजार लगानी गर्नु पर्नेमा २६,००,२७८र२१ लगानी गरी श्री ५ को सरकारलाई हानी नोक्सानी पुर्याई आफूहरूले आर्थिक लाभ लिएको। सोही सम्बन्धमा किर्ते कागज र ठगी कसुर अनुसन्धानको लागी अरुण चौधरीसहित अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाईलाई पक्राउ गरेर अनुसन्धान भई रहेको ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत