३० अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ३०.९२ अंकले घटेको छ। यसदिन नेप्से १.४७ प्रतिशतले घटेर २०६७.०१ बिन्दुमा बन्द भएको छ ।

बिहीबारको बजारमा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बुधबार ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रूपैयाँको सेयर कारोबार भएको थियो।

बुधबारको तुलनामा आज कारोबार रकम १ अर्ब ११ करोड रूपैयाँ कम हो। यस दिन ३०९ वटा धितोपत्रको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२६ वटाको घटेको छ। यस्तै, १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन सामाज लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.१० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५८२ रूपैयाँ ९० पैसा कायम भएको छ।

यस्तै, रावा इनर्जीको सेयरमूल्य ३.८३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५३९ रूपैयाँ ९० पैसा पुगेको छ।
सामलिङ पावरको सेयरमूल्य सर्वाधिक ९.४२ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ६२५ रूपैयाँ कायम भएको छ।

यस्तै, मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ६.८८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ७०६ रूपैयाँ ८० पैसा कायम भएको छ।बिहीबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६९५ रूपैयाँ १० पैसामा ५४ करोड १ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.७३ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३३५ रूपैयाँमा १४ करोड ९१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त समूहको परिसूचक ०.२१ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशतले घटेको हो।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो