IPO

आइपीओ जारी गर्ने प्रस्तावसहित सिउरी न्यादी पावरको साधारणसभा बस्दै

काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडले आगामी फागुन ९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित लिसारा पार्टी प्यालेस नक्साल, काठमाडौंमा ९ गते बिहान १० बजेबाट सुरु हुनेगरी सभाको बैठक आह्वान गरेको हो ।

यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

Related posts

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर

आईपिओ निष्काशन गर्दै माउण्ट कैलाश इनर्जी