६ महिनामा साढे ६ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर, कुनको कति ?

Family insurance - cartoon people standing near giant contract document with text under big umbrella. Parents and children protection - flat isolated vector illustration.

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा दोस्रो त्रैमासको अवधिसम्ममा ५३ हजार बीमितले साढे ६ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका छन् ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्याङकअनुसार दोसो त्रैमाससम्म ५३ हजार ११३६ जना बीमितले ६ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका हुन् ।

प्राधिकरणको तथ्यांक अनुसार दोस्रो त्रैमासको अवधिसम्ममा राष्ट्रिय जीवन बीमा कम्पनीमा बीमितहरुले ५८ करोड ८६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर गरेका छन् ।

जसमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सका बीमितले १५ हजार ४७ बीमितले २ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेका छन् ।

सबैभन्दा बढी पोलिसी त्याग हुने अर्को कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ । कम्पनीका १० हजार १२४ बीमितले १ अर्ब ३९ करोड ९० लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेका छन् ।

राष्ट्रिय बीमा संस्थानका बीमितले ५८ करोड ८६ लाख, नेशनल लाइफ इन्स्योरेन्सका बीमितले ४३ करोड २३ लाख र हिमालयन लाइफ इन्स्योरेन्सका बीमितले ४३ करोड २१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेको प्राधिकरणले जनाएको छ ।

कुन कम्पनीको कति पोलिसी त्याग भयो ?

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने