शिवम् सिमेन्टद्वारा १४.५ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको प्रस्तावित १४.५ प्रतिशत बोनस सेयरसहित नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । गत पुस २७ गते बसेको कम्पनीको साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १४.५ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.७५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अरब ४० करोड रुपैयाँ रहेको छ । जसअनुसार कम्पनीले १४.५ प्रतिशतले हुन आउने ६२ करोड ७० लाख रुपैयाँ बराबरको सेयर वितरण गर्नेछ भने ०.७५ प्रतिशत बराबर ३ करोड ३० लाख रुपैयाँ नगद खर्च गर्नेछ ।

साधारणसभासभाले लाभांश पारित गरेसँगै अब राष्ट्र बैंकबाट स्वीकृत भएपछि सेयरधनीहरुमा वितरण हुनेछ । साथै प्रस्तावित वोनस शेयर जारी गर्ने भए पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्वि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्र को दफा ६ को (ख) र ६ को (ग) संशोधन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरिएको समेत कम्पनीले जनाएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने