पूर्वअर्थमन्त्री पौडेलद्वारा आईसीपी क्षेत्रको अवलोकन 

काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रूपन्देहीको भैरहवामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी ९आईसीपी० क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् ।

बुधबार निरीक्षण गदै पौडेलले यो आयोजना ९आईसीपी० छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरूको चासो रहेको बताए । रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले बीचमा आईसीपी निर्माणमा केही अवरोध आएको र त्यसलाई हटाइएको बताए ।

पौडेलले आईसीपी दुई देशबीचको व्यवसायिक कारोबार तथा व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने बताए ।

नेपाल(भारतबीचको व्यापारलाई सहजीकरण गरी दुई देशबीच आयात निर्यातमा सहजता ल्याउने उद्देश्यले आईसीपी निर्माणको सम्झौता भएको थियो ।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल