जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८० को वित्तीय विवरण वार्षिक साधारण सभामा पेस गर्ने प्रस्ताव गरेको छ । जबकि, सेयर धनीलाई लाभांश वितरण गर्ने प्रस्ताव भने कम्पनीको सञ्चालक समितिले गरेको छैन ।

कम्पनीले गत आर्थिक वर्षमा सेयर धनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह