कामना सेवा विकास बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको ५ लाख बढी कित्ता सेयर आज माघ १७ गतेदेखि बिक्रीमा राखेको हो ।

बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख ९ हजार ८९२ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य न्यूनमत १ सय रुपैयाँ तोकेको छ । इच्छुक लगानीकर्ताहरूसो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

इच्छुक लगानीकर्ताले माघ २३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । सो सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह