शाखा अधिकृतसँग १० कराेडभन्दा बढी सम्पत्ति

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध चार करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

०५४ सालमा सेवामा प्रवेश गरेका भट्टराईले सेवा अवधिमा चार करोड ४० लाख १५ हजार नौ सय २५ रुपैयाँ गैरकानुनी सम्पत्ति जोडेको र सोको वैधानिक स्रोत नखुलेको भन्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५४/०४/२६ देखि मिति ०७९र०२र३० गतेसम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोहीअनुसारको अन्तिम कट अफ मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा सो रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल