फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अघिल्लो दिनसम्म प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ रहेको सुन मंगलबार १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४०५ रुपैयाँ रहेकोमा मंगलबार १ हजार ४२० रुपैयाँ कायम भएको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?