IPO

थप एक कम्पनीले आइपिओ जारी गर्ने

काठमाडौ । रंगुन खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले आईपीओ निष्कासन प्रस्तावसंगै फागुन ९ गते वार्षिक साधारणसभा पनि बोलाएको छ ।

यस कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने र सर्वसाधारणलाई आईपीओ निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

साथै, आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । यस्तै, सञ्चालक समितिको निर्वाचन प्रस्ताव हुनेछ ।

Related posts

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर

आईपिओ निष्काशन गर्दै माउण्ट कैलाश इनर्जी