काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्स लाइफ इन्स्योरेन्सले १२ करोड ३६ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २.७३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा १२ करोड ३ लाख थियो ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६.६० रुपैयाँ, पीई रेसियो ७१.७२ र प्रति शेयर नेट वर्थ १८१.१३ रहेको छ । यस अवधिमा कम्पनीले १६ अर्ब १० करोड २७ लाख रुपैयाँ दिर्घकालिन लगानी गरेको छ भने ६५ करोड ३२ रुपैयाँ अल्पकालिन लगानी गरेको छ ।
कम्पनीको चुक्ता पुंजी ३ अर्ब ७५ करोड रहेको छ ।