वित्तीय संस्थाबिनै अनलाइनबाट ऋण लेनदेन गर्न मिल्ने व्यवस्थाको तयारी

काठमाडौं । नेराष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको सहभागिता विना नै ऋण लेनदेन गर्न मिल्ने गरी अनलाइन प्लेटफर्मको तयारी थालेको छ । केन्द्रीय बैङ्कले वित्तीय मध्यस्थतामा लाग्ने खर्च कटौती गर्ने तथा प्रविधिमा आधारित विश्वको पछिल्लो अभ्यासलाई अनुसरण गर्न खोजेको हो ।

दुईभन्दा बढी ऋणीले कुनै एक व्यक्तिलाई ऋण दिन सक्ने गरी पियर–टु–पियर अर्थात् पिटुपी प्लेटफर्म सञ्चालन गर्न सकिने राष्ट्र बैङ्कको अध्ययनले देखाएको छ । यस अवधारणाअन्तर्गत व्यक्ति–व्यक्ति अनलाइन प्लेटफर्ममार्फत जोडिने र उनीहरूले त्यसमार्फत ऋण दिने र लिने काम गर्छन् । यसमा लगानी गर्न चाहने र लगानी लिन चाहनेबीचको समझदारी भइ लेनदेन हुनेछ ।

केन्द्रीय बैङ्कको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययनअनुसार पहिलो चरणमा साना कर्जा लेनदेन हुने गरी प्लेटफर्मको लाइसेन्स दिन सकिने देखिएको छ  । व्यक्तिगत रूपमा ऋण दिन र लिन चाहने दुवै व्यक्तिले यो माध्यममा खाता खोल्न सक्नेछन् । लगानीका अरु क्षेत्रमा कम प्रतिफल दिने अवस्था र बैङ्कमा निक्षेपको ब्याजदरसमेत कम रहेको अवस्थामा पैसा हुनेले यस्तो माध्यम प्रयोग गरी ऋणमा लगाउन सक्नेछन्।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने