बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । दुई दिनदेखि स्थिर रहेको सुनको भाउ सोमबार भने बढेको छ । आज छापावाल सुनको प्रतितोला तीन सय रूपैयाँले बढेको हो ।

आइतबार प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ । आइतबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?