ट्रेजरी बिलमार्फत १९ अर्ब १० करोड रुपैयाँ उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आब्हवान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आब्ह्वान गरेको हो । सूचनामा १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने उल्लेख छ ।

जसअनुसार ८ अर्ब १० करोड रुपैयाँको ९१ दिने, ५ अर्ब रुपैयाँको १ सय ८२ दिने, १३ अर्ब रुपैयााको १८२ दिने र ६ अर्ब रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले आज सोमबार (माघ १५ गते) दिउँसो २ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । माघ १६ गते मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।

पछिल्लो पटकको ट्रेजरी बिलको बोलकबोलमा २८ दिनेमा ३.०३ प्रतिशत र ९१ दिनेमा ३.३८ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ ।

राष्ट्र बैंकले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः विक्री गरिरहेको छ । सोही क्रममा सरकारले केही ट्रेजरी बिलको पैसा भुक्तानी गरेको छ भने केहीको पुनः बिक्री गरिएको हो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने