आज पनि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम कति ?

काठमाडौं । सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यसदिन नेप्से १०।२६ अंकले बढेर २१०४।७२ बिन्दुमा बन्द भएको छ।

आइतबार आठ दिनपछि नेप्से १०।३७ अंकले बढेको थियो। यसदिन पनि नेप्से १० अंकले नै बढेको हो।

सोमबारको बजारमा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रूपैयाँको सेयर कारोबार भएको थियो।

आइतबारको तुलनामा आज कारोबार रकम ७३ करोड रूपैयाँ बढी छ।

यस दिन ३११ वटा धितोपत्रको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर किनबेच भएको हो।

सोमबार १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन ३ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

युनियन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयरमूल्य ९।९९ प्रतिशतका दरले बढेको छ।

गरिमा डिवेञ्चर २०८५ को मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त डिवेञ्चरको मूल्य ८८६ रूपैयाँ ५० पैसा कायम भएको छ।

यस्तै, ज्योति विकास बैंक बण्ड २०८७ को मूल्य ७।४७ प्रतिशतले घटेको छ। उक्त बण्डको मूल्य ८०५ रूपैयाँ कायम भएको छ।

सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६७० रूपैयाँमा ६० करोड १६ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३।८८ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३४३ रूपैयाँमा २३ करोड ८३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ३ समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।

यसदिन अन्य समूहको परिसूचक सर्वाधिक १।६४ प्रतिशतले बढेको हो।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने