सोमबार बाँडफाँट हुँदै अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयर

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको बाँडफाँट मिति तय भएको छ । कम्पनीको नबिकेको हकप्रद सेयरको लिलामी सेयरको बाँडफाँट भोलि अर्थात् माघ १५ गते गरिने भएको हो ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार सोमबार नै कम्पनीको लिलामी सेयर बाँडफाँट गर्ने तयारी छ । कम्पनीले १ करोड ७० लाख १९ हजार ३० कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त हकप्रद लिलामी प्रक्रियाबाट बिक्री गर्न खुला गरेको थियो । कम्पनीको लिलामी सेयरको अनुमानित कटअफ प्राइस १ सय ४६ रुपैयाँ छ।

Related posts

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि र नेपाल रिका सेयर धनीले सर्वाधिक गुमाए