दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम कति ?

काठमाडौं । आज सेयर बजार नेप्से बढेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ को विन्दुमा काय भएको छ ।

त्यस्तै, आज  दिनभरिमा ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज १७३ कम्पनीको सेयर मुल्य बढेको छ भने ७० कम्पनीको मुल्य घटेको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको ३३ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन इन्स्योरेन्सः ३३ करोड ५३ लाख रुपैयाँ,ङादी ग्रुप पावरः २३ करोड ५३ लाख रुपैयाँ,रिलायबल नेपाल लाइफः १७ करोड ३४ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपवारः १४ करोड ३४ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः १३ करोड २७ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ३१ लाख रुपैयाँ,सोनापुर मिनरल्सः ७ करोड ७७ लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनीः ७ करोड ७२ लाख रुपैयाँ,चन्द्रागिरी हिल्सः ७ करोड ६ लाख रुपैयाँ,युनाइटेड मोदी हाइड्रोपावरः ५ करोड ४६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने