एसियन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति?

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.१५ प्रतिशत लाभांश दिने भएको छ । शुक्रवार बेलुका बसेको कम्पनीको सञ्चालक समितिको १८८ औँ बैठकले कुल चुक्ता पुँजीको ७.७५ प्रतिशत बोनस सेयर र ०.४० प्रतिशत नगद (कर प्रयोजनका लागि) लाभांश दिने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँ रहेको छ । उक्त पुँजी बराबर ७.७५ प्रतिशत बोनस सेयर बापत कम्पनीले २४ करोड ४५ लाख ३५ हजार ७९० रुपैयाँ बराबर सेयर वितरण गर्नेछ भने ०.४० प्रतिशत बराबर १ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ नगद खर्च गर्नेछ ।

नगद र बोनस सेयर गरी कम्पनीले कूल २५ करोड ७४ लाख ६ हजार ९५ रुपैयाँ खर्च गर्नेछ । प्रस्तावित लाभांश केन्द्रीय बैंकले स्वीकृत गरेसँगै कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

Related posts

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि