सिटिजन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २.७ प्रतिशत बढेको छ ।

अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुस मसान्तसम्म) १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा यस्तो नाफा १२ करोड ३ लाख रुपैयाँ थियो ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६० पैसा छ । गत वर्ष यस्तो आम्दानी १३ रुपैयाँ ७६ पैसा थियो । सर्वसाधारणमा सेयर जारी भएर चुक्ता पूँजी बढेसँगै प्रतिसेयर आम्दानी घटेको हो । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यो पछिबाट खुलेको जीवन बीमा कम्पनी हो । बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउनुपर्ने व्यवस्थाअनुरुप यस कम्पनीलाई अझै १ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी बढाउनुपर्ने बाध्यता छ ।

चालु वर्षको दोस्रो त्रैमासमा कम्पनीले प्रिमियमवापत कुल २ अर्ब ७३ करोड रुपैयाँ संकलन गरेको छ । गत वर्ष यस अवधिमा प्रिमियम रकम २ अर्ब ६६ करोड रुपैयाँ थियो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने