यो साता ३.२ प्रतिशत घट्यो सेयर बजार

काठमाडौं । गएको साता २ हजार १ सय ५५ अंकमा बन्द भएको सेयर बजार यो साता २ हजार ८४ अंकमा रहेर बन्द भयो । समग्रमा यो साता बजार ३.२९ प्रतिशतले झरेको छ । गत साता ३.२० प्रतिशतले नै बजार बढेको थियो । यो साता कारोबार खुलेको पाँचै दिन सेयर बजार रातो रह्यो । पहिलो दिन आइतबार २५.६४, सोमबार ३१.४९, मंगलबार ०.४, बुधबार १०.२५ र बिहीबार ३.९४ अंक घट्यो ।

बजार घट्दै जाँदा कारोबार रकम पनि घट्दै गएको देखिन्छ । आइतबार ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब ३६ करोड, मंगलबार ४ अर्ब २९ करोड, बुधबार ३ अर्ब ८९ करोड र बिहीबार ३ अर्ब ७६ करोडमा कारोबार खुम्चियो ।

समग्र बजार घट्दा कारोबार रकम घट्नुले सेयर लगानीकर्तामा धैर्यता रहेको जनाउँछ । यो भनेको बेच्ने चाहनेहरू पनि नआत्तिएको र किन्नेहरू पनि पर्खेको अवस्था हो । ब्याजदर, तरलता स्थिति, अर्थतन्त्रका वाह्य सूचकजस्ता आधारभूत पक्ष बजारअनुकूल बन्दै गएपछि लगानीकर्तामा केही धैर्यता बढेको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने