यू-१९ विश्वकप : अफगानिस्तानले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य

EAST LONDON, SOUTH AFRICA - JANUARY 24: Players of Nepal line up for the National Anthems ahead of the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Nepal and Pakistan at Buffalo Park on January 24, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई एक सय ४६ रनकाे लक्ष्य दिएकाे छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन बनाउँदा अल आउट भयाे । अफगानिस्तानका माेहम्मद घजनफरले सर्वाधिक ३७ रन बनाए । नेपालका आकाश चन्दले ५ विकेट लिए ।

यो खेल नेपाल र अफगानिस्तान दुवैका लागि महत्त्वपूर्ण छ । समूह ‘डी’ मा रहेका दुवै टोली अङ्कविहीन छन् । यो खेल जित्ने टोली ‘सुपर सिक्स’ मा पुग्नेछ । पराजित हुने टोलीले १३ देखि १६ औँ स्थानका लागि ‘प्लेअफ’ खेल्नुपर्ने हुन्छ ।

नेपाल र अफगानिस्तान यसअघि आफ्ना दुई वटै खेलमा पराजित भएका थिए । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । यस्तै अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग एक सय ८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटले पराजित भएको थियो ।

Related posts

यसरी बन्दैछ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा

बलियो टोली भारतको सामना गर्दै नेपाल