नेको इन्स्योरेन्सका सीईओले बुझे १ करोड १० लाख तलबभत्ता

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई तलब, भत्ता, बोनस र सुविधा बापत एक करोड १० लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीका सीईओ अशोक कुमार खड्काले गत आर्थिक वर्ष २०७९/८० मा उक्त तलब भट्ट बुझेका हुन् ।

खड्का २०७६ साउदेखि कम्पनीको सीईओमा कार्यरत छन् ।उनी गत असारमा थप कार्यकालका लागि सीईओमा नियुक्त भएका हुन् ।

कम्पनीले सञ्चालक समितिलाई बैठक भत्ता बापत २३ लाख १४ हजार पाँच सय रुपैयाँ भुक्तानी गरेको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने