कहाँ निर्यात हुन्छ नेपाली यार्सागुम्बा ?

काठमाडौं । नेपालबाट विभिन्न मुलुकमा यार्सागुम्बा निर्यात हुँदै आएको छ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट ५८ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको १ हजार १ सय ६९ किलो यार्सागुम्बा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

कम्बोडियामा ५० किलो यार्सागुम्बा निर्यात गर्दा ३ करोड ४६ लाख ५० हजार रुपैयाँको आर्जन भएको छ । यस्तै, चीनमा ५ सय २७ किलो यार्सागुम्बा निर्यात हुँदा २१ करोड ७१ लाख ९३ हजार रुपैयाँ निर्यात भएको छ । यस्तै, हङकङमा ३ सय ९५ किलो यार्सागुम्बा निर्यात गर्दा २५ करोड ९७ लाख ८५ हजार रुपैयाँ आर्जन भएको छ ।

यस्तै, मलेसियामा ३३ लाख ६५ हजार रुपैयाँ बराबर रकमको १२ किलो यार्सागुम्बा निर्यात भएको छ । यस्तै, सिंगापुर २० किलो यार्सागुम्बा निर्यात भएको छ । सो बराबर १ करोड ५४ लाख २० हजार रुपैयाँ भित्रिएको छ ।

बेलायतमा १९ किलो यार्सागुम्बा निर्यात गर्दा ९५ लाख ६६ हजार रुपैयाँ आर्जन भएको छ । अमेरिकामा ७२ लाख १४ हजार रुपैयाँ बराबर ११ किलो यार्सागुम्बा निर्यात भएको छ । भियतनाममा ३ करोड ६ लाख ३५ हजार रुपैयाँ बराबर १ सय ३२ किलो यार्सागुम्बा निर्यात भएको छ । अन्य विभिन्न मुलुकमा ९ लाख २२ हजार रुपैयाँ बराबर ३ किलो यार्सागुम्बा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो