IPO

आईपिओ जारी गर्दै पुवाखोला-वान हाइड्रोपावर

काठमाडौं । पुवाखोला-वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ । लक्ष्मी सनराईज क्यापिटल र पुवा खोला वान हाईड्रोविच आईपीओ निष्काशन गर्ने सम्झौंता भएको हो ।

कम्पनीले आइपीओ निष्कासन प्रयोजनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यी दुई कम्पनीबीच भएको सम्झौतापत्रमा पुवाखोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम केसी तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्। पुवाखोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञचालनमा छ ।

Related posts

जय अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर