आज पनि सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन अथार्त बुधबार पनि नेपाली  बजारमा सुनको लागातार चौथो दिन स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य स्थिर रहेको हो। 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १७ हजार ८ सय ५० रुपैयाँ कायम छ। मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।  

त्यस्तै, बुधबार चाँदीको मूल्य भने सामान्य बढेको छ । अघिल्लो दिन १ हजार ३ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ३ सया ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Related posts

सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार ?

उच्च विन्दुमा पुगेको सुन थोरै सस्तियो, आज कति?

सुनको मूल्य लगातार उकालो, एक लाख ६१ हजार नाघ्यो