सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नता बारे निष्पक्ष छानबिन गर्न माग गर्ने ससंदमा निवेदन पेश

काठमाडौँ । सहकारी घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता बारे निष्पक्ष छानबिन गर्न माग गर्दै संसद र राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन परेको छ ।

सिन्धुलीका युवराज सफलले प्रतिनिधि सभाका सभामुख र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिलाई निवेदन लेखेका हुन् । उनले पेश गरेको निवेदनमा रवि लामिछानेको खातामा सहकारीबाट रु १ करोड ८० लाख डिपोजिट भएको प्रमाण सार्वजनिक भएको साथै रवि लामिछानेको रु १ करोड ८० लाखको गोरखा मिडिया नेटवर्कको शेयर खरिद विक्रिको कागज समेत सार्वजनिक भएको उल्लेख गरिएको छ ।

निवेदनमा रवि लामिछानेको सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइबी० ले समेत सहकारी ठगी सम्बन्धी फाइलहरु जफत गरी अनुसन्धान गरेको अबस्था रहेको बताउँदै ३५ हजार बचतकर्ताको करिव ५२ करोड घोटाला प्रकरणमा निज रवि लामिछानेको संलग्नता के कसरी भएको हो सो को निष्पक्ष छानविन गर्न माग गरिएको छ ।

Related posts

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

नबिलपछि एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने